अतिथि सत्कार सिक्दै होमस्टे सञ्चालक
पाेखरा | असार ११, २०८०
पोखरा: ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ । गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने देशकै नमुना होमस्टे पनि यहीं छन् ।
हाल गण्डकीका ११ जिल्लामा २७५ बढी होमस्टेले अतिथि सत्कार टक्रयाईरहेका छन् । तिनै होमस्टेका सञ्चालक स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भएका छन् ।
गण्डकी प्रदेशभर भर्खर मात्र खुलेका होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् ।
होमस्टे (घरबास) महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्र्ड पोखरासँगको सहकार्यमा आधरभूत पर्यटन र घरबास तालिमको तारतम्य मिलाएको हो ।
तालिमको शनिबार राती फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष खेमनारायण पौडेलले शुभारम्भ गरे । पौडेलले होमस्टे सञ्चालकलाई यो तालिम कोशेढुंगा सावित हुने बताए ।
‘होमस्टे सञ्चालकबीचको अनुभव आदनप्रदानले धेरै कुरा सिकाउनेछ’, उनले भने । आर्थिक समृद्धिका लागि होमस्टेको प्रबद्र्धन र विकास आवश्यक रहेको उनको भनाइ छ ।
फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पुजा गुरुङले होमस्टेले उजाडिएका गाउँमा विकासको लहर ल्याउने बताइन् । ‘बसाइँसराइ झरेकालाई पनि होमस्टेले गाउँ फर्काएको छ’, उनले भनिन् ।
होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुुरौंले तालिममा व्यक्तित्वसँगै सामाजिक र आर्थिक विकासबारे सिकाउने बताए । ‘दुरदराजमा रहेका नयाँ होमस्टे सञ्चालक विशेष गरेर महिला दिदीबहिनी लक्षित तालिम हो’, उनले भने । उनका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीले आफ्ना जिल्लाका होमस्टे सञ्चालकलाई प्रशिक्षण दिने बताए ।
कार्यक्रममा होमस्टे महासंघ गण्डकीका संस्थापक अध्यक्ष हरि पौडेल, होमस्टे महासंघका केन्द्रिय कोषाध्यक्ष सुरज बाँस्तोला, गण्डकीका उपाध्यक्ष मोहन खनाल, सचिव कृष्ण तिमिल्सिना, राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।
१२ गतेसम्म चल्ने तालिममा गण्डकी प्रदेशभरका ३० जना बढी होमस्टे सञ्चालक सहभागी छन् ।
होमस्टे सञ्चालन गरेर खारिएका सुरज बाँस्तोला, राजकुमार लामिछाने र मनिषा श्रेष्ठले अतिथि सत्कार, वास व्यवस्थापन, पाक शिक्षा र सामाजिक विकासबारे सहजीकरण गर्नेछन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

